SLP ले लुथरन कन्फेशनमा उल्लेखित पवित्र धर्मशास्त्रको सत्यतालाई समर्थन, रक्षा र घोषणा गर्दछ साथै यसले मण्डली र तिनीहरूका सदस्यहरूलाई विश्वभरका मिशन प्रयासहरू मार्फत वचन र विधिमा सुसमाचार घोषणा गर भनि परमेश्वरले दिनुभएको मिशनको पहुँच विस्तार गर्ने माध्यम प्रदान गर्दै सारा महिमा परमेश्वरलाई दिन्छ।
स्व-अध्ययन धर्मशास्त्र सिकाइ कार्यक्रम (SLP) तपाईंका लागि परमेश्वरको शुद्ध वचनमा आधारित छ यसमा केही पनि कुरा थपिएको वा हटाइएको छैन। SLP स्व-अध्ययन कार्यक्रमका बाइबल स्रोतहरू मार्फत, तपाईं बाइबलको सत्यतालाई जान्न सक्नुहुन्छ र यसलाई आफ्नो दैनिक जीवनमा लागू गर्न सक्नुहुन्छ। तपाईंको विश्वासको यात्रा तपाईंको नितान्त व्यक्तिगत यात्रा हो। परमेश्वरले आफ्नो वचन मार्फत तपाईंलाई व्यक्तिगत रूपमा जान्न चाहनुहुन्छ। SLP को लक्ष्य भनेको तपाईंलाई आफ्नो विश्वासमा बढ्न र धर्मशास्त्रको गहिरो बुझाइ प्राप्त गर्न मद्दत गर्नु हो। परमेश्वरको साँचो वचन अध्ययन गर्दै जाँदा, तपाईं आफ्नो मुक्तिदाताको अझ नजिक हुनुहुनेछ र तपाईंले शान्ति पाउनुहुनेछ।
४ वटा सजिला चरणहरूमा सिक्नुहोस्!
तलको शीर्षकमा क्लिक गरेर एउटा कोर्स छनौट गर्नुहोस्।
पाठ पढ्नुहोस्।
प्रश्नोत्तरका प्रश्नहरूको उत्तर दिनुहोस्।
आफ्ना उत्तरहरू जाँच गर्नुहोस् ।
SLP बाइबल स्रोतहरू तपाईंको उपकरणमा पढ्न वा डाउनलोड गर्न सकिन्छ। प्रत्येक पाठ्यक्रममा एक प्रश्नोत्तर समावेश छ। प्रश्नोत्तरका उत्तरहरू पनि पाठको अन्त्यमा दिईएको छ ।
२८) धर्मी ठहर्याउने कार्य
२) बाइबल हस्तपुस्तिका
३) संसारको लागि परमेश्वरको योजना
४) येशु ख्रीष्टको मृत्यु र पुनरुत्थान
५) परमेश्वरको व्यवस्था
६) मृत्युपछिको जीवन
७) परमेश्वरको महान विनिमय
८) परमेश्वरले हाम्रो संसार सृष्टि गर्नुहुन्छ
९) जिउन स्वतन्त्र
१०) येशूले सिकाउनुभएका वचनहरु
११) इसाईहरु के विश्वास गर्दछन
१२) तपाई फेरि जन्मिनै पर्छ
१३) विरक्त भविष्यवक्ता
१४) येशू नै प्रभु हुन् दुर्व्यशनग्रस्तता होइन
१५) रोमीहरुलाई पावलको पत्र
१६) एउटा जीवित विश्वास
१७) इम्माउसको बाटो
१८) टुक्रिएको हृदय भएको बुवा
१९) अनुग्रहको साधन
२०) विश्वास गर्नुहोस अनि जिउनुहोस
२१) परमेश्वरले नर र नारीलाई सृजनुभयो
२२) यूहन्नाको सुसमाचार
२३) इसाई मण्डली
२४) प्रतिज्ञा
२५) बाइबलका शिक्षाहरु
२६) बाइबल र लुथरनले के सिकाउँछन
२७) बाइबलका कथाहरु
१) येशू ख्रीष्ट