धर्मशास्त्र सिकाइ कार्यक्रम के हो ?
धर्मशास्त्र सिकाइ कार्यक्रम) (SLP) एक स्व -अध्ययन कार्यक्रम हो जसले ती बाइबलीय स्रोतहरू प्रदान गर्दछ जसले परमेश्वरको वचनबाटका सरल सत्यहरू सिक्न मद्दत गर्दछन जुन सत्यहरू तपाईंले अरूसँग साझा गर्न सक्नुहुन्छ। आफुलाई अनुकुल हुनेगरी यसलाई जति पटक र जतिबेला मन लाग्छ त्यतिबेला अध्ययन गर्नसक्नुहुन्छ ।यसमा त्यस्तो कुनै बाध्यत्मक कुरा छैन र SLP का सम्पुर्ण अध्ययन सामाग्रीहरू सधैं भरि निःशुल्क प्रयोग गर्न र डाउनलोड गर्न सकिन्छ ।
धर्मशास्त्र सिकाइ कार्यक्रमसंगै स्व-अध्ययन किन गर्ने?
SLP का अध्ययन सामाग्रीहरू इतिहास, बाइबलीय भाषाहरू, विश्व धर्महरू र अन्य धेरै कुराहरूको विस्तृत ज्ञान भएका र धर्मशास्त्रीय रूपमा प्रशिक्षित पास्टरहरूद्वारा सिर्जना गरिएका हुन्। तिनीहरू - केवल परमेश्वरको वचनमा आधारित रही विश्वास र धर्मको बारेमा तपाईंको प्रश्नहरूको जवाफ दिन सुसज्जित छन्